आईएमएस् ग्रुपको २६औं वार्षिकोत्सव सम्पन्न, ३ सय बढीको सहभागिता

  २०७५ वैशाख १० गते १७:४५     विकासन्युज

काठमाडौं । आईएमएस् ग्रुप आफ्नो स्थापनाको २६औं वर्षमा सफलताका साथ प्रवेश गरेको छ । उक्त अवसरमा कम्पनीले एक कार्यक्रमबीच ग्रुपका कर्मचारीद्धारा ट्यालेन्ट शो, मनोरञ्जनात्मक खेल, हाजिरी जवाफ प्रतियोगिता प्रदर्शन गराएको थियो । साथै, विजयी कर्मचारीहरुलाई पुरस्कार पनि वितरण गरिएको थियो ।

विश्वकै नम्बर १ मोबाइल फोन ब्राण्ड सामसुङ र कोरियन गाडी स्याङ्योङ मोटर्सको नेपालस्थित एकमात्र आधिकारिक बिक्रेता, आई.एम.एस्. ग्रुप अन्तर्गत अन्य २० कम्पनीहरु रहेका छन् ।

उक्त कार्यक्रम ग्रुपका अध्यक्ष दीपक मलहोत्रा, गु्रपका दिरेक्टर विमल सावर्थिया सिइओ डिकेश मलहोत्रा, ३ सय भन्दा बढी कर्मचारी लगायत अन्यको सहभागिता थियो ।

कार्यक्रममा ग्रुपका कर्मचारीद्वारा ट्यालेन्ट शो, मनोरञ्जनात्मक खेल, हाजिरी जवाफ प्रतियोगिता प्रदर्शन गरिएको थियो भने विजयी कर्मचारीहरुलाई पुरस्कार पनि वितरण गरिएको थियो । त्यसैगरी केही कर्मचारीहरुले विभिन्न विधा अन्तर्गत उत्कृष्ट एवं उल्लेखनीय कार्य सम्पादन गरे बापत पुरस्कृत पनि गरिएको थियो ।

कार्यक्रममा मलहोत्राले ग्रुप सबै कर्मचारीहरुले लगनशीलता एवं इमानदारिताका साथ आफ्नो कार्य गरेकोले नै ग्रुपले २६ औं बसन्त सफलताका साथ प्रवेश गरेको बताएका छन् । साथै, आगामी दिनहरुमा ग्राहक केन्द्रित सेवा मार्फत सफलताका नयाँ उचाइहरु आईएमएस् ग्रपले चुम्दै जाने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

हाल आइएमएस ग्रुपको कुल १२ वटा कम्पनीहरु रहेका छन् । टेक्नोलोजी र आर्थिक पक्षहरुमा सकारात्मक परिवर्तन ल्याई देशको उत्पादकत्व बढाउन तथा रोजगारीका अवसरहरु सिर्जना गर्न कम्पनी सधैं नै केन्द्रित रहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.