प्रभु बैंकको नयाँ शाखा ज्ञानेश्वरमा

  २०७५ वैशाख १० गते १५:५३     विकासन्युज

काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ शाखा कार्यालय ज्ञानेश्वरमा विस्तार गरी सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन सोमबार बैंकका संचालक पुष्पबहादुर प्रधानले गरेका हुन् ।

बैंकको दरवारमार्ग शाखा कार्यालयको कारोवारलाई कमलादी शाखामा गाभी बैंकको दरवारमार्ग शाखा कार्यालयलाई ज्ञानेश्वरमा स्थानान्तरण गरिएको हो ।

यसका साथै मर्जरको क्रममा दोहोरिन गएका बैंकका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हुँदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.