एनबीआईद्धारा बैंकिग डिजीटाइजेशनबीच सम्झौता, परामर्श सेवा प्रदान गर्ने

  २०७५ वैशाख ९ गते १७:४१     विकासन्युज

काठमाडौं । नेशनल बैंकिङग इन्स्टिच्यूट(एनबीआई)द्धारा बैंकिग डिजीटाइजेशनका विज्ञ राहुल जोशीसंग हालसालै नयाँ सम्झौता-पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताअनुरूप एनबीआईले यहाँका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई डिजीटाइजेशनका सम्बन्धमा परामर्श सेवा प्रदान गर्ने भएको छ ।

यसबाट बैंक तथा वित्तीय संस्थाहरुले डिजीटाइजेशनलाई एक प्रकारको व्यापारिक रणनीतिको रूपमा लिएर अगाडि बढी निकै प्रभावकारी ढंगले ग्राहक तथा व्यापार व्यवसायलाई अभिवृद्धि गर्न सक्षम हुनेछन् । यसरी एनबीआईले आगामी दिनमा सर्टिफिकेशन कोर्स संचालन गर्नुका साथै डिजीटाइजेशन सम्बन्धि परामर्श सेवाको थालनी गर्ने भएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.