कोरियन युएसबी रक ब्रोकर भित्रियो, सुरुवाति मुल्य १५ लाख

  २०७४ चैत १२ गते १७:५८     विकासन्युज

काठमाडौं । दक्षिण कोरियाको उत्कृष्ट हेभी इक्वेप्मेन्ट उपकरण युएसबी रक ब्रोकर नेपाली बजारमा भित्रिएको छ । हजुरलाई नमस्ते ट्रेड लिंक प्रालिले नेपालमा सफलतापूर्वक जिपी र आइटीआर लुव्रिकेन्टको व्यवसायिक कारोबार सुरु गरेको दोस्रो वर्ष पूरा गरेको अवसरमा उक्त उपकराणको सर्वजनिक गरिएको हो ।

दक्षिण कोरियास्थित कम्पनीका प्रवन्ध निर्देशक केटिओले नेपालस्थित हजुरलाई नमस्ते टे«ड लिंकका प्रवन्ध निर्देशक ताराबहादुर कुँवरलाई आधिकारिक बिक्रेताको प्रमाणपत्र प्रदान गरिसकेको छ ।

कुँवरले अन्य रकको तुलनामा युसएसबी रक गुणस्तरीय र टिकाउ हुने दावी गरेका छन् । कम्पनीको अनुसार उच्च प्रतिफल दिने दाबी गरेका उक्त रक नेपालमा लामो परीक्षणपछि भित्र्याइएको उनको भनाइ छ । कम्पनीको अनुसनर १५ र १६ लाख रुपैयाँ गरी दुई प्रकारका उपकरण बजारमा उपलव्ध गरिएको छ ।

पहिलो चरणमा १० वटा रक भित्रयाएकोमा ५ वटा विक्री भइसकेको कम्पनीका प्रवन्ध निर्देशक कुवरले जानकारी दिए । ग्राहकलाई बिक्रीपछि सर्वसुलभ सेवा प्रदान गर्न कम्पनीले स्पेयरपार्टस उलव्ध गराउने भएको छ । जसका लागि ५० लाखभन्दा बढीको स्पेयर पार्टसमेत आयात भइसकेको उनले जनाए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.