नेपाली भाषा तथा सांस्कृतिक संरक्षणमा नबिल फाउण्डेसनको सहयोग

  २०७४ माघ २ गते १६:०६     विकासन्युज

काठमाडौं । नबिल बैंकद्धारा प्रवद्धित नबिल फाउण्डेसनले नेपाली भाषा तथा संस्कृतिको संरक्षण तथा संवद्धर्नका लागि दुई लाख पचास हजार रुपैयाँ प्रदान गरेको छ । फाउण्डेसनले किलाघस् सांस्कृतिक पुचस्द्धारा आयोजित प्रथम काठमाडौं महानगरब्यापी मेयर्स ट्रफी “चिग्वस् धिमे धेंधेंबल्ला” प्रतियोगिताको लागि उक्त रकम सहयोग गरेको हो ।

नबिल फाउण्डेसनका अध्यक्ष दयाराम गोपाल अग्रवाल तथा संचालक रमेशप्रसाद लोहनीले सो रकम बराबरको चेक किलाघस् सांस्कृतिक पुचस्का अध्यक्ष सानुकाजी महर्जनलाई एक समारोहका बिच हस्तान्तरण गरेका छन् । सो कार्यक्रम काठमाडौं नगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो ।

सोही अवसरमा किलाघस् सांस्कृतिक पुचस् परिवारले नबिल फाउण्डेसनको सहयोगका लागि फाउण्डेसन परिवारलाई धन्यवाद दिएको छ । साथै, आगामी दिनहरुमा पनि परम्परागत र मौलिक बाजागाजाहरुको संवद्धर्नका निमित्त लागि पर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.