बर्जरको वेदरकोट एन्टि डस्ट पेन्ट अब बजारमा

  २०७४ पुष २४ गते १३:२०     विकासन्युज

काठमाडौं । नेपालमा रङ्ग उत्पादन गर्ने कम्पनीहरु मध्ये एक ठूलो रङ्ग उत्पादक बर्जरले नेपालमा वेदरकोट एन्टि डस्ट पेन्टको उत्पादन एवं बिक्री वितरण शुरु गरेको छ ।

नेपालमा द्रुततर गतिमाअघि बढिरहेका निर्माण कार्यहरु, सवारी साधनहरुले पारिरहेको प्रदुषण, सडकमा र यत्रतत्र उडिरहेको धुलो नेपालको हरेक क्षेत्रमा एक जल्दोबल्दो समस्या बनिरहेको छ । यसप्रकारले हावामा उडिरहेको धुलो बाहिरी भित्ताहरुमा टाँसिएर ती भित्ताहरुलाई पुरानो र फाहोर बनाइदिन्छ, साथै यसरी जमेर बसेका धुलोले रङ्ग र बाहिरी भित्ताहरुको आयु घटाउँछ ।

बर्जर पेन्ट्स नेपालले पहिलो पटक डस्ट गार्ड टेक्नोलोजीसहितको एन्टि डस्ट पेन्ट प्रस्तुत गरेको छ । वेदरकोट एन्टि डस्ट पेन्टले तपाईंको घरको बाहिरी भित्ताहरुमाधुलो टिक्न दिँदैन र धुलोबाट छुट्कारा दिलाउँछ जस्ले गर्दा घर हरेक दिन नयाँ र चम्किलो देखिन्छ ।

कार्यक्रममा कम्पनीका प्रतिनिधिले भने ̎हामी सदैव हाम्रो गुणस्तर, इनोभेसन र ग्राहकको सन्तुष्टिका लागि कटिबद्ध रहने गर्दछौं । हामीले औद्योगीक क्षेत्रमाउच्चदरको वृद्धिका साथ अभूतपूर्व सफलता हात पार्नुको एक कारण यही नै हो । एक कम्पनीको रुपमा हामी अझ बढी अत्याधुनिक इनोभेटिव उत्पादनहरुको विकास गर्ने चुनौतीहरुलाई पार गर्न प्रतिबद्ध छौं । हामी नेपालमा बर्जर वेदरकोट एन्टि डस्ट जस्तो उत्पादन प्रस्तुत गर्न पाएकोमा खुसी भएका छौँ । रमसस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.