सिजीको एसीमा ग्राहकको आकर्षण बढ्दै, यस्तो छ कारण

  २०७४ जेठ १२ गते १८:२५     विकासन्युज

काठमाडौं । प्रस्पिधात्मक एसी बजारमा अन्य कम्पनी र ब्राण्डलाई च्यालेन्ज गर्दै सि.जी. ब्राण्डले नयाँ आकर्षक रुप र डिजाइनमा विभिन्न विशेषताका साथ नेपाली बजारमा सिजी एसी ल्याउदै आईरहेको छ । निरन्तर रुपमा सि.जी. ब्राण्डले नेपाली बजारको माग र नेपालीहरुको आयस्रोतलाई मध्यनजर गर्दै विभिन्न किसिमका एयरकन्डीसनरहरु नेपाली बजारमा सर्वसुलभ मुल्यमा उपलब्ध गराउदै आइरहेको छ ।

सि.जी. एसीको प्रमुख उदेश्य भनेको नेपाली बजारमा सस्तो मुल्यमा गुणस्तरिय उत्पादन धेरै भन्दा धेरै स्थानमा पु¥याउने रहेको छ । सि.जी. एसी आज नेपाली बजारमा मुख्य गरी घरका साथै होटल, हस्पिटल, मन्त्रालय, बैक, पार्टी प्यालेस र सेमिनार हलहरुमा बढी नै प्रयोग गरिएको पाईन्छ । सि.जी. एउटा आफै नेपाली ब्राण्ड भएको र यसको गुणस्तर एवं सर्भिस नेपाल भरी उपलब्ध गरिरहेको साथ साथै नेपालको एकमात्र नेपाली आइएसओ ९००१ सर्टिफाइड कम्पनी भएकाले पनि जनमानसमा सि.जी. एसीले राम्रो छाप पार्न सफल भएको छ ।

सि.जी. एसी विभिन्न आकर्षक डिजाईन, मोडल एंव साइजहरुमा नेपाली बजारमा उपलब्ध छ । यो पूर्व को काकडभिट्टा देखि पश्चिमको महेन्द्रगनर सम्म सुलभ किसिमले खरिद गर्न सकिन्छ ।

कम्पनीले यस सि.जी. एसी निकै नै आकर्षक फुलको डिजाईन, डिजिटल डिस्प्ले र आकर्षक ग्लास प्यानल अनि सस्तो मुल्यमाबजारमा ल्याएको छ । त्यसैगरि नेपालभरी सर्भिस र जडानको व्यवस्था गर्दै यस एयरकन्डिसनरमा ३६ महिनाको प्रमुख कमप्रेसर वारेण्टी दिदै आइरहेको छ ।

सि.जी. एसी नेपाली बजारमा ०.७५ टन देखि २ टन सम्म, तातो र चिसो बनाउने क्षमता हुने वाल माउन्टेड खालको र २ देखि ४ टनसम्मको सिलीङ्क क्यासेट जुन सिलीङ्कको विचमा राख्ने खालको गरी दुई किसिमबाट उपलब्ध छ । त्यसैगरि सि.जी. एसी इन्भरटरले नचलेतापनि कम विजुली को भोल्टेजले पनि चलाउन सकिने हुँदा अन्य कम्पनीको एसी को तुलानामा तुलनात्मक रुपमा अलिकम विजुली खपत गर्दछ ।

यसको अझै महत्वपूर्ण विशेषता भनेको यदि एयरकन्डीसनरमा प्राविधिक समस्या आएकोे खण्डमा यसमा रहेको डिस्प्लेमा नचलेको जानकारी प्राप्त हुने हँुदा सजिलै जानकारी प्राप्त गर्न सकिन्छ ।

त्यसैगरी सि.जी.ले आगामी दिनहरुमा ग्राहकहरुको चाहाना र माग अनुसारका नयाँ प्रविधीका सि.जी. एयरकन्डीसनर हरु पनि बजारमा विस्तार गर्दै लैजाने कुराको जानकारी सेल्स हेड बिष्णु ज्ञवालीले गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.