नेपाल इन्भेष्टमेण्ट बैंकले एस डेभलपमेण्ट बैंकलाई एक्वाएर गर्ने प्रस्ताव पारित

  २०७३ चैत २५ गते १३:४८     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि.(एनआईबिएल)ले एस डेभलपमेण्ट बैंकलाई प्राप्ति(एक्वाएर) गर्ने पस्ताव पारित भएको छ । शुक्रबार सम्पन्न बैंकको विशेष साधारण सभाले कम्पनीको सञ्चालक समितिको विशेष प्रस्ताव पारित भएको हो ।

हाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी रु ८ अर्ब ७४ करोड रुपैयाँ रहेको छ । त्यस्तै, एस डेभलपमेण्ट बैंकको पनि चुक्ता पूँजी रु १ अर्ब २० करोड रुपैयाँ भएको एस डेभलपमेण्ट बैंकलाई प्राप्ति पश्चात एनआईबिएलको चुक्ता पूँजी ९ अर्ब २४ करोड रुपैयाँ नाघेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एस डेभलपमेण्ट बैंकको प्राप्तिपछि बैंकको कुल निक्षेप १ सय ३४ अर्ब रुपैयाँ पुग्ने छ भने कूल कर्जा १ सय ५ अर्ब रहने छ । पूँजी पर्याप्तता अनुपात १३.९ प्रतिशत पु्ग्ने छ । एस डेभलपमेण्ट बैंकको प्राप्तिपछि बैंकमा संस्थापक पक्षको स्वामित्व ६९ प्रतिशत र सर्वसाधारणको ३१ प्रतिशत रहनेछ ।

एस डेभलपमेण्ट बैंकलाई १ बराबर शुन्य दशमलव ४१ शेयर स्वाप रेसियोमा खरिद गरिने निर्णय भएको छ अर्थात एस डेभलपमेण्ट बैंकको १०० कित्ता शेयर बराबर एनआईबिएलको ४१ कित्ता शेयर प्रदान गरिने छ ।

हाल इन्भेष्टमेण्ट बैंकको ४७ वटा शाखाहरू छन् भने एस डेभलपमेण्ट बैंकको १२ वटा शाखा छन् । त्यस्तै एनआईबिएलको ८४ वटा ए.टि.एम. छ भने एस डेभलपमेण्ट बैंकको १२ वटा एटिएम छ ।

एस डेभलपमेण्ट बैकको प्राप्तिपछि पनि एनआईबिएलको हालकै संचालक समिति तथा प्रमुख कार्यकारी अधिकृत कायम रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.