गोदरेजको नयाँ वर्ष योजना अन्तर्गत क्यास ब्याक तथा आकर्षक गिफ्ट अफर

  २०७३ चैत २३ गते १७:५७     विकासन्युज

काठमाडौं । विश्वस्तरीय डिजाईन र सुविधा सम्पन्न उत्पादनहरुको लागि प्रख्यात गोदरेज ब्राण्डले नयाँ बर्षे योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत कम्पनीले नेपाली नयाँ वर्षलाई लक्षित गरी क्यास ब्याक तथा एक्स्साइटिङ(आकर्षक) गिफ्ट अफर सार्वजनिक गरेको हो ।

यस अफर अन्तर्गत ग्राहकले गोदरेजका सिङ्गल डोर रेफ्रिजेरेटरहरुमा ४ हजार ५ सय रुपैयाँसम्मको क्यास ब्याक, डबल डोर खरिदमा सिजीको मिक्सर, वासिङ मेसिन खरिदमा सिजीको स्प्रे आइरन तथा माइक्रो वेभ वोभनहरुमा पिजनको फ्राइ प्यान पाइने कम्पनीले जनाएको छ ।

साथै, कम्पनीले नेपालमा पहिले पटक आफ्नो रेफ्रिजेरेटरको कम्प्रसरमा १० वर्ष वारिन्टी दिँदै आएको छ । नेपालका लागि गोदरेज ब्राण्डको अधिकारीक विक्रेता चौधरी ग्रुपअन्तर्गत इओएल प्रा. लि ले गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.