छैठौं राष्ट्रिय छाला जुत्ता प्रर्दशनी फागुन ११ गतेदेखि, सामान खरिदमा ६ महिना वारेन्टी

  २०७३ फागुन १० गते १३:५४     विकासन्युज

काठमाडौं । कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो भन्ने मूल नारा साथ काठमाडौंको भृकुटीमण्डपमा छैठौं राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी मेला सञ्चालन हुने भएको छ । नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनामा हुन लागेको उक्त मेला फागुन ११ गते देखि १९ गते सम्म सञ्चालनमा रहने छ ।

नेपाली साना घरेलु तथा लद्यु उद्योेगहरुलाई बैज्ञानिक रुपले आधुनीकरण गर्दै भविष्यमा बिदेशी बजारमा समेत सुपरीचित गराउँदै राष्टिय अर्थतन्त्रमा परिवर्तन ल्याउने लक्ष्य रहेको अध्यक्ष जिवन नेपालीले जानकारी गराएका छन् । मेलामा करीब ५० देखि ८० हजार दर्शक भित्राउने लक्ष्य लिइएको छ । जुत्ताका सौखिन पारखीहरु, आम सचेत उपभोक्ताहरु, जुत्ताको कच्चा पदार्थका आपूर्ति कर्ताहरु तथा खरीद कर्ताहरु लाई लक्षित गरिएको मेला संयोजक राजेश बिशंखेले जानकारी गराएका छन् ।

त्यसै गरी मेलामा प्रतिष्ठीत ब्राण्डका गुणस्तरीय उत्पादनहरुको प्रर्दशन तथा बिक्री बितरण गरिने छ । पछिल्ला उत्पादनहरु भन्दा नितान्त तथा नयाँ मोडलका आधुनिक छालाजन्य वस्तु प्रर्दशन गर्ने, बिक्रि बितरणमा ६ महिना वारेन्टी तथा १५ देखि २५ प्रतिशतसम्म छुट दिने महासचिव बासु नेपालिले जानकारी दिएका छन् । गुणस्तरीय कच्चा पदार्थ तथा दक्ष जनशक्ती प्रयोग गरि उत्पादन गरीएका जेन्स, लेडीज, बच्चाका जुत्ताहरु, लगायत अल्लो तथा हेम्प द्धारा निर्मीत बस्तुहरु पनि प्रर्दशन तथा बिक्री बितरण गरीने छ ।

मेलामा न्युनतम् देखि उच्चतम् मुल्य तिर्न सक्ने सबै खाले उपभोक्ताहरुको लागि गुणस्तरीय तथा आरामदायी तथा आर्कषक छालाका जुत्ता तथा छाला जन्य वस्तुहरु उपलब्ध गराइने छ । नेपाल छाला जुत्ता उत्पादक संघमा आबद्ध उद्योगहरुको बिषेश प्रर्दशनी कक्षको पनि व्यवस्था गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.