स्कुसबाट बीस लाख आम्दानी !

  २०७३ मंसिर ९ गते १६:४४     विकासन्युज

इलाम, ९ मङ्सिर । एउटै याममा स्कुस बेचेर सूर्योदय नगरपालिका– ९ गैरीगाउँका ४१ वर्षीय ताराकुमार तामाङले आम्दानी गरेका छन् ।
यस वर्ष उनले एक हजार ४०० क्विन्टल स्कुबिक्री गरे । झापाको चारआली तथा भारतको सिलगुडी बजार लगेर उनले स्कुस बिक्री गरेका हुन् । सुरुवातमा तामाङले प्रतिमन रु एक हजार २०० मा बिक्री गरेको थियो ।scous

पन्ध्र रोपनी जमिनमा उहाँले व्यावसायिक रुपमा स्कुसखेती गर्दै आएका छन् । ऋण काढेर रु २० हजारको लगानीमा तरकारी खेती गरेका उनले स्कुस बेचेर १८ रोपनी जमिन किन्न सफल भएका छन् । “यस वर्ष मुन्टा बिक्रीबाट मात्रै रु ३० हजार आम्दानी भयो,” उनले भने ।
गत वर्ष स्कुसको जरा बिक्री गरी रु एक लाख २० हजार आम्दानी गरेका थिए । सूर्योदय नगरपालिका– ९ का अधिकांश किसानले स्कुसबाट मनग्य आम्दानी गरिहेको छ ।
उक्त वडाका प्रत्येकले कम्तीमा तीन रोपनीदेखि २० रोपनी जमिनमा स्कुसखेती गर्दै आएको छ । यातायातको सहज सुविधा भएको उक्त वडामा स्कुस खरिद गर्नका लागि व्यापारी घरैसम्म पुग्ने गरेका स्थानीयवासी मात्रिका दाहाल बताउँछन् ।  चियाखेतीलाई पनि सँगसँगै अङ्गालेका उक्त क्षेत्रका किसानको आर्थिक अवस्था उकास्न स्कुसखेतीले मद्यत पु¥याएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.