स्वाभिमान लघुवित्तको सेयर कारोबार खुल्यो, तर कोही छैनन् किनबेच गर्ने

  २०७६ जेठ २८ गते १२:२७     विकासन्युज

काठमाडौं । दोश्रो बजारमा स्वाभिमान लघुवित्त वित्तीय संस्थाको आजदेखि सेयर कारोबार खुलेको छ । सोमबार मात्रै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको संस्थाको मंगलबारबाट सेयर कारोबार शुरु भएको हो ।

नेप्सेले संस्थाको पहिलो कारोबारको लागि न्युनतम ९१.८४ देखि अधिकतम २७५.५२ रुपैयाँ रेञ्ज दिएको छ । संस्थाको स्टक सिम्बोल ‘एसएमएफबीएस’ बाट सेयर कारोबार हुने छ ।

मंगलबार बजार खुलेको करिब साढे एक घण्टासम्म पनि संस्थाको सेयर किनबेच गर्ने कोही नभएको नेप्सेको मार्केट डेप्थले देखाएको छ । यसको मतलब संस्थाको सेयर किनबेच गर्न कोही पनि इच्छुक छैनन् ।