मेगा बैंकले कात्तिक २९ गते बोलायो एजीएम, बुक क्लोज कहिले ?

  २०७६ कार्तिक ३ गते १२:२५     विकासन्युज

काठमाडौं । मेगा बैंक लिमिटेडले आगामी कात्तिक २९ गते नवौं वार्षिक साधारणसभा(एजीएम) बोलाएको छ । हालै बसेको बैंक सञ्चालक समितिको बैठकले साे दिन सभा बोलाउने निर्णय गरेको हो ।

सभामा जाने प्रयोजनको लागि बैंकको आगामी कात्तिक १५ गते(एकदिन) बुक क्लोज हुने भएको छ ।

सभाले सेयरधनीलाई चुक्ता पुँजीको ११.७५ प्रतिशतका दरले नगद लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गर्दै छ ।

बैंकको सभा कात्तिक २९ गते बिहान साढे ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्दै छ ।