समाचार

  २०७९ माघ ५ गते १०:३५     विकासन्युज

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन्। बिहीबार बिहान पौडेल प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार गएका हुन्। पौडेलको सचिवालय स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री...

  २०७९ माघ ५ गते १०:२१     विकासन्युज

लुम्बिनी । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री गिरीले आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेका हुन् । उनी ५८ प्रदशसभा सदस्यको...

  २०७९ माघ ५ गते १०:१२     विकासन्युज

काठमाडौं । राहदानी विभागमा सेवाग्राहीको भिड थपिँदै गएको छ । गत पुस १७ गतेदेखि विभागको सर्भरमा देखिएको समस्या एक हप्तापछि समाधान भएसँगै राहदानी लिनेहरूको भिड लाग्न थालेको हो । विभागमा राहदानी लिन आउनेका कारण...

  २०७९ माघ ५ गते १०:१०     विकासन्युज

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७९/०८० का लागि उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । हिजाे बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम समर्थन मूल्य तोकेको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार...

  २०७९ माघ ५ गते १०:०६     विकासन्युज

काठमाडाैं । काठमाडौँ उपत्यकामा सडक निर्माणसँग सम्बन्धित निकायबीच सडक समस्या समाधानका लागि साझा संयन्त्र बनाएर काम गर्ने गरी सहमति भएको छ । हिजाे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उपत्यकाका महानगरपालिका, सडकमा संरचना रहने निकायका...

  २०७९ माघ ५ गते १०:०३     विकासन्युज

काठमाडाैं । स्याङ्जाको वालिङ खेलमैदानमा बुधबार सम्पन्न सेमिफाइनलमा एपिएफ क्लबलाई हराउँदै आयोजक स्याङ्जाको वालिङ युनाइटेड नीलो फाइनलमा प्रवेश गरेको छ । एपिएफलाई १–० गोलले पराजित गर्दै वालिङ निलोले उपाधि भिडन्त पक्का गरेको हो ।...

  २०७९ माघ ५ गते ९:४३     विकासन्युज

पर्वत । सडक सञ्जालसित जोडिएको तीन दशकपछि पर्वतको सदरमुकाम कुश्मा बजारमा आधुनिक बसपार्क निर्माण थालिएको छ । कुश्मा नगरपालिका–६ बान्द्रेविडी चौरमा बसपार्क निर्माण गर्न थालिएको हो । विसं २०४८ मा पोखरा–बागलुङ सडक विस्तार भए...

  २०७९ माघ ५ गते ९:३८     विकासन्युज

रसुवा । रसुवामा राहदानी प्राप्तिका लागि सेवाग्राहीको माग आवेदन अनलाइन फारम निःशुल्क भर्ने व्यवस्था गरिएको छ। सेवाग्राहीलाई बिना झमेला सहज तरिकाले राहदानी उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयका कर्मचारीले अनलाइन फारम भर्न सहयोग गर्न थालेका...

  २०७९ माघ ५ गते ९:३०     विकासन्युज

काठमाडौं । पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । सो प्रणालीको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही पहाडी भू–भागमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका...

  २०७९ माघ ४ गते १८:५१     विकासन्युज

काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले २० प्रतिशत आयात घटेर ४५ अर्ब विदेशी मुद्रा सञ्चिति हुँदैमा सन्तुष्टि लिन नहुने बताएका छन् बुधबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अर्थतन्त्र अबको बाटो विषयक कार्यक्रममा बोल्दै खतिवडाले...

  २०७९ माघ ४ गते १८:३९     विकासन्युज

काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले विभूषण प्रदान गर्ने मापदण्ड निर्माणका लागि समिति गठन गरेको छ । सरकारले...

  २०७९ माघ ४ गते १८:२९     विकासन्युज

काठमाडौं ।  उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिले सरकार चिन्ताजनक अवस्थामा रहेको अर्थतन्त्रको शुद्धीकरण गरिरहेको बताएका छन् । बुधवार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अर्थतन्त्र अबको बाटो विषयक कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले...

  २०७९ माघ ४ गते १८:०७     विकासन्युज

काठमाडौं । नेपालका उच्च पदस्थहरुको कार्यालय व्यवस्थापनमै वार्षिक करोडौं खर्च हुने गरेको छ । उच्च पदस्थ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभाका अध्यक्ष लगायतको कार्यालय व्यवस्थापनमै करोडौंको खर्च हुने गरेको हो । आर्थिक वर्ष ०७७/७८ र...

  २०७९ माघ ४ गते १८:०७     विकासन्युज

काठमाडौं । बुटवल पावर कम्पनीको संचालकमा  तीन जना नियुक्त भएका छन् । कम्पनीको ३० औं वार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट दुई जना र स्वतन्त्रमा एक जनालाई संचालकमा नियुक्त गरेको हो । सभाले दिनेश हुमागाईं र विणा राणालाई...

  २०७९ माघ ४ गते १६:५९     विकासन्युज

कीर्तिपुर । विगतमा हिमाल सिमेन्टको कारखाना र कार्यालयले चर्चेको दुई सय २० रोपनी फराकिलो जमिनमा रहेको सुक्खा बन्दरगाहको दुई कार्यालय भवन र दुईपाङ्ग्रेसमेत गरी मुस्किलले एक दर्जन सवारी साधन देखिन्छ । देशको प्रमुख आर्थिक...

  २०७९ माघ ४ गते १६:४४     विकासन्युज

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्लेले सन् २०२३ मा विश्व अर्थतन्त्र अझै चुनौतीपूर्ण अवस्थाबाट गुज्रने अनुमान गरिएकाले नेपालले आफ्नो अर्थतन्त्रलाई उचित ढङ्गले व्यवस्थापन गर्नुपर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले...

  २०७९ माघ ४ गते १६:१८     विकासन्युज

घोराही । घोराही–६ अघराका रूप बुढामगरले व्यावसायिकरुपमा बाख्रा पालेका छन् । दुईपटक १० वर्षसम्म विदेशी भूमिमा पसिना बगाएका उनले अब स्वदेशमै केही गर्नुपर्छ भनेर बिएम बाख्रा फार्म खोलेर व्यवसायी बनेका हुन् । पहिले दुबईमा...

  २०७९ माघ ४ गते १५:३०     विकासन्युज

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले बजेटको दूरुपयोग हुन नदिन मातहतका सबै निकायलाई कडा निर्देशन दिएकी छिन् । मन्त्री साहले आफू मातहतका सबै निकायको अनुगमन गरी खराव काम गर्ने कर्मचारीलाई दण्ड...

  २०७९ माघ ४ गते १५:२१     विकासन्युज

काठमाडौं । राहदानी विभागमा सेवाग्राहीको भीड थपिँदै गएको छ । गत पुस १७ गतेदेखि विभागको सर्भरमा देखिएको समस्या झन्डै एक हप्ता अर्थात् पुस २४ मा समाधान भएसँगै काम सुरु हुन थालेपछि राहदानी लिनेको भीड...

  २०७९ माघ ४ गते १५:०८     विकासन्युज

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोभिड, मुलुकको अर्थतन्त्रमा आएको उतारचढाव लगायतका कारण व्यवसाय मारमा परेको भोटाहिटीस्थित चाहना भवनका व्यापारी बताउँछन् । बर्सेनि बढ्दो भाडा तथा चर्को ब्याजदरका कारण आफ्नो व्यवसाय मारमा परेको उनीहरुको गुनासो...