‘४५ अर्ब विदेशी मुद्रा सञ्चिति हुँदैमा राज्यले सन्तुष्टि लिन हुँदैन’

  २०७९ माघ ४ गते १८:५१     विकासन्युज

काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले २० प्रतिशत आयात घटेर ४५ अर्ब विदेशी मुद्रा सञ्चिति हुँदैमा सन्तुष्टि लिन नहुने बताएका छन्

बुधबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अर्थतन्त्र अबको बाटो विषयक कार्यक्रममा बोल्दै खतिवडाले बढी पुँजी निर्माण गर्ने औद्योगिक कच्चा पदार्थ, पुँजीगत आयात २० प्रतिशतले घटेर ४५ अर्ब विदेशी मुद्रा सञ्चिति हुँदैमा सरकारले सन्तुष्टि लिन नहुने बताएका हुन् ।

उनले अब १२ देखि १५ प्रतिशत आयात बढ्दा समेत भुक्तानी सन्तुलन बिग्रने चुनौति रहेको बताए । ‘नेपालको अर्थतन्त्रको जहाज झन्डै दुर्घटनामा परेको छ, सुरक्षित अवतरण गर्न खोज्दाखोज्दै बाहिर गएको अर्थतन्त्रको जहाजलाई अब क्रेनले तानेर रनवेमा ल्याउनुपर्ने अवस्थामा रहेको छ, यसकाे लागि राष्ट्र बैंकले प्रयत्न गरिरहेको छ,’ उनले भने ।

उनले दुई/तीनवटा फ्याकटरहरु सही हुँदा नेपालको अर्थतन्त्र सही गति र दिशामा उड्नसक्ने अवस्थामा रहेको दाबी गरे । ‘हरेक क्षेत्रमा थप लगानी ल्याउनुभन्दा तत्कालीन क्षमता बढाउने योजना आवश्यक छ, ब्याजदर घटेर केही हुँदैन, नेपाललाई रोजगारी वृद्धि,निर्यात र उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता रहेको छ, सरकारले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेपनि ५ प्रतिशत आर्थिक वृद्धि गर्न सकिन्छ,’ उनले भने ।

यस्तै, उनले उद्योगी व्यवसायीहरुले बैंकको ब्याजदर एकल अंकको आउनुपर्छ भनेपनि अब निक्षेपको ब्याजदर एकलमा आउनसक्ने तर कर्जाको ब्याजदर तत्काल एकल अंकमा आउन नसक्ने बताए । उनले ब्याज घटेपनि एकल अंकमा निक्षेपको ब्याज र कर्जाको ब्याज सबैभन्दा कम दोहोरो अंकमा कर्जाको ब्याज आवश्यक रहेको बताए

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.