बजेटको दूरुपयोग हुन नदिन कृषिमन्त्री साहको निर्देशन

  २०७९ माघ ४ गते १५:३०     विकासन्युज

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले बजेटको दूरुपयोग हुन नदिन मातहतका सबै निकायलाई कडा निर्देशन दिएकी छिन् ।

मन्त्री साहले आफू मातहतका सबै निकायको अनुगमन गरी खराव काम गर्ने कर्मचारीलाई दण्ड दिने र राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहित गरेर अघि बढने आफ्नो कार्य योजना रहेको पनि स्पष्ट पारिन् । कृषि विभागले बुधबार प्रथम राष्ट्रिय कृषि जैविक विविधता दिवसको अवसर पारेर ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले रामो काम गर्ने कर्मचारीलाई मनोबल नघटने गरी काम गर्ने वातावरण बनाउने आफ्नो दायित्व रहेको पनि पटकपटक दोहोर्याकी थिइन् ।

कृषि मन्त्रालयका कर्मचारीले किसानको समस्या बुझेको हुनुपर्ने उल्लेख गर्दै उनले ती समस्या समाधानका लागि मेहनतका साथ काम गर्नुपर्ने समेत बताइन् । मन्त्री साहले भने, ‘हामी जनताको सेवाको लागि उभिएका छौं । बजेटलाई हामी सदूपयोग गर्ने । किनकी कृषि सम्बन्धि आएका बढि कर्मचारीहरु कृषिको यथार्थता बुझेर आएको हुनाले जनताको समस्या, किसानको समस्या बुझेरै तपाईहरु अगाडि बढिरहनु भएको छ । त्यो मलाई राम्रोसँग थाहा छ ।’

मन्त्री साहले किसानहरुको समस्या समाधानका लागि आफू केन्द्रित भएर लागिपर्ने समेत बताइन् । उनले कृषि उपजमा मुलुकलाई आत्मनिर्भर हुने गरी अघि बढन जरुरी रहेको समेत बताइन् । कृषि क्षेत्रको विकासका लागि नयाँ–नयाँ कामको सूरुवात गर्ने मन्त्री साहको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.