२०८० साउन २९ गते ७:३० विकासन्युज
काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७९÷८०को चौथो त्रैमासमा २० करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ५६ लाख रुपैयाँ नोक्सानी बेहोरेको थियो ।
गत असारसम्म कम्पनीको खुद बीमा शुल्क ४० प्रतिशत बढेर ६४ करोड ३ लाख २३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४६ करोड ६ं५ लाख ८६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी २६ प्रतिशत बढेर ७५ करोड ४४ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५९ करोड ७८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
कम्पनीको चुक्ता पूँजी १ अर्ब ८ करोड १९ लाख रुपैयाँ र बीमा कोष ९.३४ प्रतिशत बढेर १ अर्ब १८ करोड रुपैयाँ रहेको छ ।
कम्पनीको कुल बीमा शुल्क आर्जन १२.४६ प्रतिशत बढेर १ अर्ब १ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ९० करोड ६१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.