२०७९ माघ २२ गते १५:४४ विकासन्युज
काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले चितवन क्षेत्र नम्बर:२ बाट आफूलाई स्वतः निर्वाचित भएको घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
आइतबार काठमाडौंको आयोगको कार्यालयमा पुगेर उनले यस्तो निवेदन दिएका हुन् ।निर्वाचनमा दोस्रो भएकाले आफूलाई स्वतः विजेता घोषणा गर्नुपर्ने श्रेष्ठको माग छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ बाट प्रतिनिधिसभाको उमेदवार रहेका श्रेष्ठलाई भारी मतान्तरले हराएको थिए । लामिछानेले नागरिकता विवादका कारण सांसद पद गुमाएका छन् ।
यता आयोगले भने पद रिक्त भएको अवस्थामा उपनिर्वाचनबाट नै पदपूर्ति गर्ने कानुनी व्यवस्था रहेको जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.