विजेता घोषणा गरी प्रमाणपत्र पाऊँ भन्दै उमेश श्रेष्ठले दिए निवदेन

  २०७९ माघ २२ गते १५:४४     विकासन्युज

काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले चितवन क्षेत्र नम्बर:२ बाट आफूलाई स्वतः निर्वाचित भएको घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

आइतबार काठमाडौंको आयोगको कार्यालयमा पुगेर उनले यस्तो निवेदन दिएका हुन् ।निर्वाचनमा दोस्रो भएकाले आफूलाई स्वतः विजेता घोषणा गर्नुपर्ने श्रेष्ठको माग छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ बाट प्रतिनिधिसभाको उमेदवार रहेका श्रेष्ठलाई भारी मतान्तरले हराएको थिए । लामिछानेले नागरिकता विवादका कारण सांसद पद गुमाएका छन् ।

यता आयोगले भने पद रिक्त भएको अवस्थामा उपनिर्वाचनबाट नै पदपूर्ति गर्ने कानुनी व्यवस्था रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.