२०७९ वैशाख १५ गते १०:०६ विकासन्युज
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ बाँडफाँड संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको केन्द्रिय कार्यालयमा बिहान ९ बजे भएको हो ।
क्यापिटलका अनुसार कूल आवेदकमध्ये ३६ हजार ९४८ जनाले संस्थाको आईपीओ पाएका छन् । उनीहरुलाई न्यूनतम १० र अधिकतम ११ कित्ताको दरले बाँडफाँड गरिएको छ । मागभन्दा बढी आवेदन परेकोले संस्थाले गोलाप्रथाबाट पहिलो चरणमा ३६ हजार ९४८ जनालाई १० कित्ताको दरले बाँडफाँड गरेको हो । र, दोश्रो चरणमा १० कित्ता सेयर पाउनेमध्ये आठ जनाले थप १/१ कित्ताको दरले गरी कूल ११ कित्ता सेयर हात पारेका छन् ।
संस्थाको आईपीओमा २२ लाख ५ हजार ६३३ जनाले २ करोड ४५ लाख २० हजार १४० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ३ हजार २७२ जनाको ३६ हजार ४९० कित्ता आवेदन रद्द भएको र बाँकीको रितपूर्वक रहेको क्यापिटलले जनाएको छ ।
संस्थाले गत बैशाख २ गतेदेखि बैंशाख ६ गतेसम्म कूल ३ लाख ९५ हजार कित्ता सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये ६ हजार ८२ कित्ता कर्मचारीलाई र १९ हजार ७६६ कित्ता म्युचअल फण्डलाई छुट्याई बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ता सेयर सर्वसाधरणमा बिक्री गरेको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.