२०७८ चैत ४ गते १५:०२ विकासन्युज
काठमाडौं । एनआईबीएल एस क्यापिटलको अन्तक्रिया तथा लगानीकर्ता सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमा छलफल भएको थियो ।
यस्तै कार्यक्रममा एनआईबीएल एस क्यापिटलका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानिय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गरेका थिए ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस अघि पनि प्रदेश स्तरमा सुदुरपश्चिम प्रदेशको धनगढीमा, प्रदेश २ को महोत्तरीमा र लुम्बिनी प्रदेशको नेपालगञ्जमा पनि अन्तरक्रिया तथा लगानीकर्ता सचेतनामुलक कार्यक्रम संचालन गरिसकेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.