काठमाडौंमा फेरि अर्को ठूलो सहकारी ठगी, अध्यक्ष र सचिवको हातमा हतकडी

  २०८१ जेठ २७ गते १७:४८     विकासन्युज

काठमाडौं । काठमाडौंमा फेरि अर्को ठूलो सहकारीको बचतकर्ताको रकम अपचलन गरेको विषय बाहिरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले स्क्वायर सहकारीको रकम हिनामिना गरेको भन्दै संस्थाका केही पदाधिकारीलाई पक्राउ गरेको हो ।

काठमाडौंको मखनमा सञ्चालनमा रहेको उक्त सहकारीले बचतकर्तालाई उच्च ब्याज दिन्छु भनेर अन्ततः रकम अपचलन गरेपछि उजुरीका अधारमा प्रहरीले पक्राउ गरेको हो ।

सहकारीका संचालकहरुले निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिन्छु भनि प्रलोभन देखाई निक्षेपकर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिकरत्रैमासिकरवार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका साथ उक्त संस्थामा बचतकर्ताहरुले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता नदिई पटक(पटक ताकेता गर्दा पनि फिर्ता नदिएकोले उजुरीका आधारमा पक्राउ गरिएको सीआईबीको भनाइ छ ।

सीआईबीले संस्थाका अध्यक्ष बाशु देव मान जोशी, संस्थाका सचिव सुवर्ण सेलालिक र सदस्य धर्म रत्न पाछैंलाई पक्राउ गरेको हो । उनीहरुले बचतकर्ताको ७ करोड ४० लाख ८७ हजार रुपैयाँ अपचलन गरेको प्रहरीको आरोप छ ।

आफ्नो निक्षेप जोखिममा रहेको ठानी सम्बन्धीत संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई लामो समय देखि ध्यानाकर्षण गराउँदा समेत नियमानुसार पाउनु पर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराईदिने तर्फ आवश्यक पहल नगरी संस्था नै बन्द गरि बचतकर्ताहरुको आरोप छ । उनीहरुमाथि काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.