एनआईबीएल एस क्यापिटलको लगानीकर्ता सचेतनामुलक कार्यक्रम सम्पन्न

  २०७८ चैत ४ गते १५:०२     विकासन्युज

काठमाडौं । एनआईबीएल एस क्यापिटलको अन्तक्रिया तथा लगानीकर्ता सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमा छलफल भएको थियो ।

यस्तै कार्यक्रममा एनआईबीएल एस क्यापिटलका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानिय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गरेका थिए ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस अघि पनि प्रदेश स्तरमा सुदुरपश्चिम प्रदेशको धनगढीमा, प्रदेश २ को महोत्तरीमा र लुम्बिनी प्रदेशको नेपालगञ्जमा पनि अन्तरक्रिया तथा लगानीकर्ता सचेतनामुलक कार्यक्रम संचालन गरिसकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.