२०७७ माघ २१ गते १७:११ विकासन्युज
काठमाडौं । ट्राफिक नियम उल्लङ्गन गरे बापतको जरिवाना कनेक्ट आइपिएसबाट तिर्न सकिने भएकाे छ । बुधबार उक्त सेवासँग सम्बन्धित सम्झौता पत्रमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिहं प्रधानले हस्ताक्षर गरेका छन् ।
उक्त भुक्तानीको लागि सेवाग्राहीले यस लिंक मा लग इन गरी आफ्नो युजरनेम र पासवर्ड प्रयोग गरी ड्यासबोर्डमा रहेको “सरकारी भुक्तानी” भित्र “नेपाल ट्राफिक पुलिस” छनोट गर्नुपर्ने हुन्छ । त्यसपछी भुक्तानी गर्ने आफ्नो बैंक खाता छनोट गरी ट्राफिकले दिएको चिट नम्बर र आर्थिक वर्ष दाखिला गरी सजिलै भुक्तानी गर्न सकिन्छ । यसरी गरिएको भुक्तानी महाशाखाको तोकिएको बैंकमा सिधै जम्मा हुन्छ भने ट्राफिकको सिस्टममा पनि उक्त भुक्तानीको विवरण जानेछ ।
ट्राफिक जरिवानाको भुक्तानी अन्लाईनबाट भए लगतै अब सेवाग्राहीले बैंक शाखा नै पुगेर जरिवाना रकम जम्मा गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ भने यस सेवालाई आगामी दिनमा एनसीएचएलमा आबद्ध बैंक वित्तिय संस्थाका मोबाईल/इन्टरनेट बैंकिङ्ग एवम् अन्य आवद्ध पिएसपि/वालेट मार्फत पनि भुक्तानी गर्न सकिने गरी विस्तार गरिने जनाइएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.