चेम्बरद्धारा निकासीमा सर्टिफिकेट अफ ओरिजिनको अनलाइन प्रारभ्म

  २०७६ साउन ३ गते १८:००     विकासन्युज


काठमाडौँ । नेपाल चेम्बर अफकमर्शले उत्पत्तिको प्रमाणपत्र(सर्टिफिकेट अफ ओरिजिन) अब अनलाईन पद्धतिबाट जारी हुने व्यवस्था गरेको छ । चेम्बरको सचिवालय काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले अनलाइन प्रणालीको शुभारम्भ गरे ।

सो अवसरमा वाणिज्य तथा आपूर्ति सचिव अधिकारीले उत्पत्तिको प्रमाणपत्र जारी गर्दा सो नियमनमा बसी जारी हुने आशा एवम् विश्वास व्यक्त गरे । साथै यो प्रणाली भदौ १ गतेदेखि पूर्ण रुपमा लागू हुने निकासीको महत्वपूर्ण दस्ताबेज भएकोले कति मूल्यमा कुन अवधिमा निकासी भयो आदी जस्ता विषयको अनुगमन गर्न सजिलो हुने बताए ।

नेपाल राष्ट्र बैंक, भन्सार विभाग, वाणिज्य बैंक सबै निकासीको क्षेत्रमा डिजिटल युुगमाप्रवेश गरिसकेको सन्र्दभ र युन ईस्क्याप र विश्व व्यापार संगठनले समेत पेपर लेस व्यापारमा आउन अभिप्रेरित गरेको सन्र्दभमा यस व्यवस्थाले ठूलो महत्व राख्ने बताए ।

कार्यक्रममा चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकारले अवलम्बन गरेको डिजिटल इकोनोमि डिजिटल नेपालको अवधारणा अनुरुप नै विदेशी व्यापार जस्तो अत्यन्तै गतिशील क्षेत्रमा अनलाईन सर्टिफिकेट अफ ओरिजिलनको सफ्ट लञ्च हुनु समय सान्र्दभिक रहेको बताए । उक्त अवसरमा मण्डला सिस्टमका विप्लबमान सिंहले अनलाइन सफ्टवेयरको प्रयोग, उपयोगिता र सञ्चालन पद्धतिबारे जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.