वार्षिक १ हजार ५ सय ७६ मेट्रिक टन कफी उत्पादन, काभ्रेपलाञ्चोकमा सबैभन्दा बढी

  २०७६ असार १७ गते १७:१९     विकासन्युज

काठमाडौं । चालु आर्थिक २०७५/७६ मा १ हजार ५ सय ७६ मेट्रिक टन कफी उत्पादन भएको छ । सबैभन्दा बढी कफी उत्पादन काभ्रेपलाञ्चोक जिल्लामा भएको तथ्यांक सार्वजनिक भएको छ । केन्द्रीय तथ्याङ्क विभागले मंगलबार नेपाल व्यावसायिक कफीखेति सर्वेक्षणको तथ्यांक सार्वजनिक गर्दै ३२ जिल्लामा व्यवसायिक उत्पादन हुँदै आएको जनाएको छ ।

त्यस्तै, स्याङ्जा र सिन्धुपाल्चोकमा क्रमशः १ सय ५८ मेट्रिक टन, १ सय ४१ मेट्रिक टन उत्पादन भएको छ । सबैभन्दा कम प्यूठानमा ३ सय २७ केजी उत्पादन भएको तथ्याङमा उल्लेख छ । केन्द्रीय तथ्याङक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा १२ लाख हेक्टर जमिन कफीखेतिका लागि उत्तम रहेपनि हाल २ हजार ६ सय ५० हेक्टर जमिनमा मात्र कफी उत्पादन गर्दै आएको छ ।

विभागका उपमहानिर्देशक हिमराज रेग्मीले स्वागत मन्तव्य राख्दै कफीको उत्पादनसँगै पछिल्लो समय माग बढिरहेको बताए । ८२ वर्ष अगाडि नेपाल भित्रिएको कफी हाल अमेरिका, जापान तथा युरोप विभिन्न देशमा प्रख्यात भईरहेको जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय तथ्यांक विभागका महानिर्देशक डा. रामकुमार फुँयालले रेमिट्यान्समा निर्भर नेपाली अर्थतन्त्रलाई निराकरण गर्नका लागि बिस्तारै कृषि क्षेत्रको अवस्थासँगै परिवर्तनलाई नजिकबाट निर्याल्नु पर्ने बताए । नेपालको पहाडी भूभागमा उत्पादन हुने कफी ६ हजार ३ सय ४६ जना किसान तथा व्यवसायीले ९७६ हेक्टर जमिन रहेको छ ।

कफी खेति सर्वेक्षणका अनुसार व्यवसायिक कृषकको संख्या १३ हजार ८ सय ७९ जना छ । जसमा ६ हजार ७ सय ११ पुरुष र ७ हजार १ सय ६९ महिला रहेका छन् । पछिल्लो समय कफीखेती गर्नेको संख्या बढेपनि हाल १.७ प्रतिशतले मात्र कफी खेती व्यवसाय दर्ता गरी सञ्चालन गरेको तथ्याङ्क विभागका निर्देशक बद्री कार्कीले बताए । कार्यक्रमको समापन गर्दै विभाग महानिर्देशक सुमनराज अर्यालले अबका दिनमा तथ्याङ्क सर्वेक्षण मात्र भई विश्लेषण गर्ने क्षमताको विकास गर्नमा जोड दिने विषयलाई मुख्य मानेर अगाडि बढ्ने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.