२०७६ वैशाख १३ गते १४:२६ विकासन्युज
काठमाडौँ । अत्याधुनिक यूरोपियन भिआरएम प्रविधिका साथै अन्य सर्वोत्तम टेक्नोलोजिहरुको प्रयोग गरी सिमेन्ट उत्पादन गर्नेे सर्वोत्तम सिमेन्ट प्रालिले नयाँवर्षको अवसरमा ग्राहकहरुका लागि ‘मजबुती घरलाई, उपहार सबैलाई’ नामक योजना बजारमा ल्याएको छ ।
योजना अन्तर्गत ग्राहकहरुले प्रत्येक ५० बोरा सर्वाेत्तम ओपिसि र सर्वोत्तम पिएससि सिमेन्टको खरिदमा हात खाली नजाने उपहारहरु प्राप्त गर्नेछन् ।
योजनामार्फत ग्राहकहरुले कुपन स्क्र्याच गरी ५५” र ६५” को स्मार्ट टि.भी., ३२” र ३९” को एलईडी टिभी, २१० लि.को फ्रिज, १ टनको एसी, ७ केजिको वासिङ्ग मेसिन, १.८ लि. को राईस कुकर, रिमोट भएको स्टाण्ड फ्यान, वाटर डिस्पेन्सर, बारफोनका साथै अन्यथुप्रै आकर्षक उपहारहरु पाउने कम्पनीले जनाएको छ ।
नवलपरासीमा अवस्थित सर्वोत्तम सिमेन्ट प्रालिले पाल्पा तथा चितवनको चुनढुङ्गा मिश्रणबाट सिमेन्ट उत्पादन गर्दै आएको छ । उत्पादन क्षमता दैनिक ४० हजार बोरा रहेको उद्योग व्यवस्थापनले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.