आशा लघुवित्तको दोश्रो साधारण सभा सम्पन्न, १ करोड १० लाख नाफा कमाउन सफल

  २०७५ असोज २८ गते १४:४०     विकासन्युज

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले नुवाकोटको ककनीमा दोश्रो साधारण सभा सम्पन्न गरेको छ । शनिबार भएको उक्त सभामा संस्थाका अध्यक्ष निर्गुणप्रसाद भट्टचनले संचालक समितिकातर्फबाट प्रतिवेदन पेश गरेका छन् ।

अध्यक्ष भट्टचनले चालू आर्थिक वर्षमा संस्थाले संचालन गर्ने कार्यक्रमहरु बारे पनि प्रष्ट पारेका छन् । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि रामबहादुर पाण्डेले संस्थाको कारोबार वृद्धि सँगै कर्जाको गुणस्तरीयतामा जोड दिनुपर्ने बताएका छन् । सभामा संस्थाका पूर्व अध्यक्ष रामेश्वर सापकोटाले अब संस्थाले व्यवसायिक दायरालाई अझ विस्तार गरी रेमिटेन्स तथा बीमा सम्बन्धी क्रियाकलापलाई पनि जोड दिनुपर्ने सुझाव दिएका छन् । साधारण सभाले आर्थिक वर्ष २०७५।७६का निम्ति बाह्य लेखापरीक्षकका रुपमा केजे एण्ड एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्तिको प्रस्ताव पारित गरेको छ ।

२०७३ भदौ १५ गतेदेखि कारोबार शुरु गरेको संस्थाको गत असार मसान्तसम्ममा १ अर्ब २७ करोड रुपैयाँ कर्जा लगानीमा रहिरहेको तथा २५ करोड ७२ लाख निक्षेप संकलन रहेको प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले जानकारी दिएका छन् । आर्थिक वर्ष २०७५/७६मा १ करोड १० लाख नाफा आर्जन गरेको संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.