नवनियुक्त कर्मचारीलाई एनएमबि माइक्रोफाइनान्सले ५ दिने व्यवस्थापन तालिम दिने

  २०७५ साउन २ गते १३:५०     विकासन्युज

काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले नवनियुक्त कर्मचारीहरुका लागि ५ दिने “लघुवित्त व्यवस्थापन तालिम” दिने भएको छ । फाइनान्सले लघुवित्त र त्यसका आधारभूत पक्षको बारेमा ज्ञान दिने उद्देश्यले उक्त तालिम बुधबार(आज) बाट शुरु गरेको छ ।

उक्त तालिमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत(सीईओ) फनिलाल चौधरीले गरेका हुन् । यस तालिम साउन ६ गतेसम्म जारी रहने छ ।

कार्यक्रममा सीईओले लघुवित्तले विपन्न, गरीब तथा पछाडि पारिएका वर्ग, समुदायमा काम गर्ने भएकोले आयआर्जनका माध्यमले उनीहरुको आर्थिक विकासको साथै सामुदयायिक विकासमा समेत योगदान पुर्याउने बताएका छन् । यस संस्थाले हाल ७५ वटा शाखा कार्यालयको स्थापना गरी करीब ८० हजार विपन्न घरपरिवारलाई लघुवित्त सेवा उपलब्ध गराउन सफल रहेको उनले बताए ।

५ दिने उक्त लघुवित्त व्यवस्थापन तालिममा नवआगुन्तक कर्मचारीहरुलाई तालिमको औचित्य सम्बन्धमा कम्पनी सचिव तथा जनशक्ति विभाग प्रमुख बिष्णुप्रसाद शर्माले जानकारी दिएका छन् ।

उक्त तालिममा सम्पुर्ण शाखाका प्रशिक्षार्थी तथा शाखा प्रमुख गरी ६७ जना नव नियुक्त कर्मचारीहरुको साथै वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लगायत विभागीय प्रमुखहरुको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.