सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ८ सय पुग्यो

  २०८१ जेठ ७ गते ११:२४     विकासन्युज

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार प्रतितोला ९ सय रुपैयाँले सुनको मूल्य वृद्धि भएको हो ।

नेपाल सुनचाँदी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख ४० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च मूल्य हो ।

त्यस्तै, तेजावी सुनको मूल्य पनि तोलामा ९ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ४१ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य ३० रुपैयाँले बढेर तोलामा १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.