विपक्षी दलको बैठक बानेश्वरमा सुरु

  २०८१ जेठ ७ गते ११:४३     विकासन्युज

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरूको बैठक सुरु भएको छ । बानेश्वरस्थित संसद भवनमा विपक्षी दलको बैठक सुरु भएको छ ।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी छन् ।

आजको संसद बैठकमा विपक्षी दलहरूको साझा रणनीति तय गर्न बैठक बोलाइएको हो ।

कांग्रेसले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदैछन् । यसका लागि कांग्रेसले सांसदहरूलाई मत नदिन ह्विप जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.