नेपालमा काेकाकाेलाकाे व्यापार ४ अर्ब ५९ कराेड

  २०८१ वैशाख २७ गते ९:११     विकासन्युज


काठमाडौं । नेपालमा कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपालले चालु आर्थिक वर्षको ६ महिनामा ४ अर्ब ५९ करोड ९९ लाख रुपैयाँको काराेबार गरेको छ ।

कम्पनीले सन् २०२३ मा १२ अर्ब ६४ करोड १० लाख रुपैयाँको काराेबार गरेको थियो जुन सन् २०२२ को तुलनामा ०.९३ प्रतिशतले बढी हो ।

यस्तै  कम्पनीले सन् २०२२ मा १२ अर्ब ५२ करोड ४० लाख रुपैयाँको काराेबार गरेको थियो भने २०२१ मा ८ अर्ब २९ करोड ४० लाख रुपैयाँको काराेबार गरेको थियो ।

बोटलर्स नेपाल लिमिटेडको सहायक कम्पनी बोटलर्स नेपाल तराई कम्पनी कोकाकोलाको नेपालका लागि आधिकारिक बिक्रेता हो ।

कम्पनीले साउथवेस्ट एसिया होल्डिङ लिमिटेडसँग सहकार्य गरेर नेपालमा सन् १९७९ देखि बिक्री गर्दै आएको छ । कम्पनीमा ७६ प्रतिशत हिस्सा बोटलर्स नेपालको छ भने गोर्खा ब्रुअरी लिमिटेडको २२ प्रतिशत छ । बाँकी हिस्सा सर्वसाधारणको छ ।

नेपालमा कोकाकोला उत्पादक बोटलर्स नेपालको दोस्रो तथा सबैभन्दा ठूलो कारखाना भरतपुरको गोन्द्राङमा छ ।

नेपाली पेय पदार्थ बजारमा ठूलो हिस्सा ओगटेको कम्पनीले अल्पकालीन कर्जाका लागि ३ अर्ब ३७ करोड ३० लाख रुपैयाँको रेटिङ गराएको क्रेडिट रेटिङ एजेन्सी इक्राले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.