राष्ट्रिय जनगणना २०७८ को जनसङ्ख्या साक्षरता र जनसाङ्ख्यिक सूचक पुस्तक सार्वजनिक

  २०८१ वैशाख २३ गते १५:३०     विकासन्युज

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ ‘जनसाङ्ख्यिक सूचक’ नामक पुस्तिका र ‘जनसङ्ख्या साक्षरता’ पुस्तक सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयमा आइतबार एक कार्यक्रमकाबीच जनसङ्ख्या साक्षरता पुस्तक तथा जनसाङ्ख्यिक सूचक सार्वजनिक गरिएको हो ।

जनसङ्ख्या साक्षरता पुस्तकमा नेपालमा जनगणना उपयोगिता, अभ्यास तथा गुणस्तरका चुनौतीहरू ,जनसङ्ख्याको आकार संरचना वितरण एवम् वृद्धि मापन तथा प्रक्षेपण विधि, शैक्षिक तथ्याङ्क र सूचकहरू प्रकाशनमा ४०० भन्दा बढि जनसाख्यिक सूचकहरु समावेश गरिएको छ ।

राष्ट्रिय जनगणना २०७८ को जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचकहरु सार्वजनिक राष्ट्रिय तथ्याङ्क कार्यलयका प्रमुख तथ्याङ्क अधिकारी अर्जुन प्रसाद पोखरेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.