विश्वमा प्रयोग नभएको काठ मापन फर्मूला नेपालमा लागु गरियो

  २०८१ जेठ ११ गते २०:०५     विकासन्युज

काठमाडौं । नेपाल वन पैदावार व्यवसायी महासंघका महासचिव माधवमणी हुमागाईंले विश्वमा लागु नभएको काठ मापन फर्मूला नेपालमा लागु भएको बताएका छन् । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा सुझाव दिँदै हुमागाईले कुनै पनि देशमा लागु नभएको फर्मूला नेपालमा लागु गरिएको बताए ।

सरकारले नीति तथा कार्यक्रममा देशलाई काठमा आत्मनिर्भर बनाउने वाक्यांश सन्दा अत्यन्त सुन्दर र आनन्द लाग्दो रहेको भएपनि सो अनुसार काम हुन नसकेको उनको भनाइ छ । तर, विडम्बना त्यही काठमा आधारित उद्योगहरूसँग सम्बन्धित वन नियमावली २०७९ मा काठ मापन गर्ने फर्मूलाको व्यवस्था कुनै पनि देशमा लागु नभएको उनले बताए

‘त्यो फर्मूला नेपालमा लागु गरियो । वन नियमावली जारी भइसकेपछि त्यसमा असहमति राखेका थियौं । प्रधानमन्त्रीलाई भेटेपछि संशोधन गर्छाैं भन्नु भयो । र, त्यो संशोधनको प्रक्रिया वन मन्त्रलायले निर्णय गरेर मन्त्रीपरिषदको विद्यान समितिमा अड्किएको ३ महिना भइसक्यो,’ उनले भने, ‘आत्मनिर्भर बन्ने नीति तथा कार्यक्रम र वन नियमावली संशोधन नभएको विषय कति फरक छ ? यति विरोधाभाषपूर्ण अवस्था राखेर हामी अगाडि जाँदाखेरी हामी आत्मनिर्भर हुन सक्दैनौं ।’

वन नियमावली संशोधनका लागि वन मन्त्रालयले गरेको निर्णय कार्यान्वयन हुँदैन भने मन्त्रीहरूको औचित्य नरहेको उनले बताए । साथै, चालु आर्थिक वर्षको बजेटमा कुल बजेटको १ प्रतिशत मात्रै बजेट वन मन्त्रालयलाई छुट्याएको छ । अब वनमा आत्मनिर्भर बन्न वन मन्त्रालयमा बजेट बढाउनु पर्ने उनले माग गरे । वन क्षेत्रलाई सही सदूपयोग नगर्ने हो भने समृद्धि हासिल गर्न नसकिने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.