भारत छाड्ने ह्वाट्सएपको धम्कीले जुकरबर्ग चर्चामा

  २०८१ वैशाख १७ गते ७:२३     विकासन्युज

काठमाडौं । ह्वाट्सएपले भारत छाड्ने धम्की दिएपछि यसको माउ कम्पनी मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्ग चर्चामा छन् ।

फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको माउ कम्पनी मेटाका सीईओ जुकरबर्गको तलबबारे एक रिपोर्ट बाहिर आएको छ । यो रिपोर्टमा जुकरबर्गको आम्दानी र खर्चको लेखाजोखा देखेर तपाईं छक्क पर्नुहुनेछ।

अर्बौं सम्पत्तिका मालिक मार्क जुकरबर्गको आधारभूत तलब १ डलर अर्थात भारतीय मुद्रामा ८३ रुपैयाँ मात्रै छ ।

जुकरबर्गको तलब

मार्क जुकरबर्गले सन् २०२३ मा आधारभूत तलब १ रुपैयाँमात्र लिएका थिए । अचम्म नमान्नुहोस् किनभने यो केवल एक भ्रम हो । उनको अधिकांश तलब सुरक्षा र भत्ताको रूपमा रेकर्ड गरिएको छ ।

कम्पनी उनको सुरक्षाबारे यति चिन्तित छ कि जुकरबर्गको सुरक्षामा १ करोड ४८ लाख २९ हजार २ सय ४५ अमेरिकी डलर (लगभग १ अर्ब २० करोड रुपैयाँ) खर्च गर्दछ ।

यी खर्चसहित कुल २ करोड ४४ लाख डलर अर्थात् करिब १ अर्ब ९९ करोड रुपैयाँ जुकरबर्गको तलबमा खर्च भएको छ ।

जुकरबर्गको सुरक्षामा २ अर्ब खर्च

८३ रुपैयाँ मात्र तलब पाउने मार्क जुकरबर्गलाई पनि अनौठो तरिकाले तलब दिइन्छ । आधिकारिक रूपमा उनको तलब १ डलर मात्रै छ तर फर्च्युनको रिपोर्टले उनले कुल तलब २ करोड ४४ लाख डलर अर्थात् १ अर्ब ९९ करोड रुपैयाँ पाउने खुलासा गरेको छ ।

आधारभूत तलबपछि बाँकी रकम विभिन्न भत्ता, मुआब्जा, सेयरका रूपमा लिन्छन् । उनको सुरक्षामा लाग्ने खर्च पनि यसमा समेटिएको छ ।

पछिल्लो १० वर्षमा उनले ११ डलर मात्र तलब लिएका छन् । उनी २०१३ देखि १ डलर तलब क्लबमा सामेल छन् ।

कम पारिश्रमिक लिने भए पनि उनी विश्वका अर्बपतिको शीर्ष पाँचमा परेका छन् । जुकरबर्ग विश्वका चौथो धनी व्यापारी हुन् । उनको कुल कुल सम्पत्ति १ अर्ब ५५ करोड डलरभन्दा बढी छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.