माछापुच्छ्रे बैंकमा प्रवेश गर्याे कर्मचारी सञ्चय कोष, किन्यो १ अर्ब २१ करोडको सेयर

  २०८० चैत ८ गते १४:४५     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकको संस्थापक सेयर कर्मचारी सञ्चय कोषले खरिद गरेको छ । बैंकका सबैभन्दा ठूला सेयरधनी सुरेन्द्र महतोले बिक्रीमा राखेको संस्थापक सेयर कर्मचारी सञ्चय कोषले खरिद गरेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार माछापुच्छ्रे बैंकको संस्थापक सेयर सर्वाधिक कारोबार भएको छ । नेप्सेका अनुसार बैंकको १ करोड ७ लाख ३७ हजार कित्ता सेयर ११ पटक खरिदबिक्री हुँदा १ अर्ब २१ करोड ३२ लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार भएको हो । उक्त सेयर प्रतिकित्ता ११३ रुपैयाँका दरले खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।

बैंकका कम्पनी सचिव शुभाष जमरकट्टेलका अनुसार संस्थापक सेयरधनी महतोले बिक्रीमा राखेको सेयर कर्मचारी सञ्चय कोषले खरिद गरेको हो । महतोले आफ्नो स्वामित्वको १०.९५ प्रतिशत अर्थात् १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता सेयर बिक्रीमा राखेका थिए । उक्त सेयरमध्ये कर्मचारी सञ्चय कोषले १ करोड ७ लाख ३७ हजार कित्ता सेयर मात्रै खरिद गरेको उनले बताए ।

कर्मचारी सञ्चय कोषले विभिन्न बैंकमा अर्बौ रुपैयाँ लगानी गरेको छ । यसअघि कोषले हिमालयन बैंक, नेपाल एबविआई बैंक, ग्लोबल आईएमई बैंक, कुमारी बैंक लगायतमा ठूलो लगानी गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.