२७ वर्षीय अर्बपति जसले बनाए ३ महिनामा ९८ अर्बको कम्पनी

  २०८० माघ २८ गते ११:०७     विकासन्युज

एजेन्सी । भारतमा मुकेश अम्बानी र गौतम अडानीजस्ता धेरै धनी व्यापारीहरू बस्छन् । त्यस्तै धेरै कम उमेरका एक युवा व्यापारी जो अहिले व्यापारिक जगतमा चर्चामा छन् ।

जसले मात्र तीन महिनामा अर्बौंको कम्पनी बनाए । त्यसपछि उनी देशकै कान्छो अर्बपति बने । उनी हुन् २७ वर्षीय पर्ल कपुर ।

कपुरले मे २०२३ मा ‘जाइबर ३६५’ लन्च गरेका थिए । तीन महिनामा यो स्टार्टअपले युनिकर्नको स्थान हासिल गर्यो ।

युनिकर्न कम्पनीमा ती कम्पनी समावेश हुन्छन् जसको मूल्य १ अर्ब डलर वा त्यसभन्दा बढी हुन्छ । यो स्टार्टअप वेब३ र एआई बेस्ड ओएसमा आधारित छ । जुन रिटेल क्षेत्रमा तीव्र गतिमा विकास भइरहेको छ ।

जाइबर ३६५ को मुख्यालय लन्डनमा छ । जसको अपरेसन अहमदाबादबाट भइरहेको छ । जुन भारतमा मात्रै नभई एसियामा पनि सबैभन्दा छिटो बढ्ने युनिकर्नको सूचीमा आएको छ ।

जाइबर ३६५ को मूल्य १ अर्ब २० करोड डलर अर्थात ८,८ अर्ब ४० करोड रुपैयाँबराबर छ । यो कम्पनी पर्लले स्थापना गरेका हुन् । जो कम्पनीका संस्थापक र सीईओ हुन् ।

कम्पनीको ९० प्रतिशत सेयर पर्लको नाममा छ । उनको कुल सम्पत्ति १ अर्ब १० करोड डलर अर्थात ९१ अर्ब २९ करोड रुपैयाँबराबर छ ।

उनले हालै १० करोड डलरको फन्ड प्राप्त गरेका छन् । जसमा कृषि कम्पनी एसआरएएम एण्ड एमआरएएम ग्रुपले ८.३ प्रतिशत लगानी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.