साउदी अरबबाट रेमिट्यान्स पठाउने तामाङले पाए सिटी एक्सप्रेसको मेगा बम्पर उपहार

  २०८० पुष १ गते १८:३७     विकासन्युज

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं’ योजना अन्तर्गत मेगा बम्पर उपहार ‘आफुले पठाएको भन्दा १० गुणा बढी पाउने’ बिजेताको नाम घोषणा गरेको छ । विजेताको नाम हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपाल र कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनको बिशेष उपस्थितीमा विद्युतीय प्रणालीद्वारा छनोट भएको हो ।

सोअनुसार साउदी अरबबाट रेमिट्यान्स पठाएका राजु तामाङ विजेता भएका छन् । उनले आफुले पठाएको रकम ५३ हजार ७५ रुपैयाँको १० गुणा गरेर ५ लाख ३० हजार ७ सय ५० रुपैयाँ जित्न सफल भएका छन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत असोज १५ देखी मङ्सिर १५ गतेसम्म चल्ने गरी दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै लगातार ६१ दिनसम्म चल्ने यो उपहार योजना घोषणा गरेको थियो ।

सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही एक लाख रुपैयाँ, हरेक हप्ता ५ जनालाई जनही २५ हजार रुपैयाँ साथै ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरुलाई जनही ५०० रुपैयाँको वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको थियो । जसअन्तर्गत ६१०० जनाले दैनिक उपहार (रु ५०० को वालेट टप् अप), ४५ जनाले साप्ताहिक उपहार जनही २५ हजार रुपैयाँ र २ जनाले मासिक उपहार जनही एक लाख रुपैयाँ जित्न सफल भईसकेका छन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले विगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.