प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको विषयमा आज निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्ने

  २०८० मंसिर ५ गते १०:०६     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रको विषयमा आज निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गर्ने भएका छन् । अर्थतन्त्रलाई चलायमान बनाउने विषयमा केन्द्रित रहेर दिउँसो दुई बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले हिजो सोमबार मात्रै अर्थ मन्त्रालय, राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग, विकाससँग सरोकार राख्ने मन्त्रालयका मन्त्री, सचिव तथा अन्य सम्बन्धित पदाधिकारीहरुसँग छलफल गरेका थिए । छलफलपछि सरकारले अर्थतन्त्र चलायमान बनाउनको लागि कुनै नयाँ ठोस कदम चाल्न सक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.