डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्न केन्यामा पहिलो स्मार्टफोन एसेम्बलिङ प्लान्ट अनावरण

  २०८० कार्तिक १४ गते १०:३०     विकासन्युज

काठमाडौं । केन्याले डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्न पहिलो स्मार्टफोन एसेम्बलिङ प्लान्ट अनावरण गरेको छ ।

सोमबार केन्याका राष्ट्रपति विलियम रुटोले केन्याली टेलिकम कम्पनीहरू सफारीकम र जामी टेलिकम र चिनियाँ मोबाइल उपकरण बिक्रेता शेन्जेन टेलिओन टेक्नोलोजी बीचको संयुक्त लगानी रहेको स्मार्टफोन एसेम्बली प्लान्टको उद्घाटन गरेका हुन् ।

केन्याको राजधानी नैरोबीबाट २८ किलोमिटर दक्षिणपूर्वमा रहेको अथी रिभर टाउनमा रहेको पूर्वी अफ्रिका डिभाइस असेम्ब्ली केन्याले वार्षिक ३० लाख स्मार्टफोन उत्पादन गर्ने रुटोले बताए ।

जामी टेलिकमका प्रमुख कार्यकारी अधिकृत जोशुआ चेपक्वानीले भने एसेम्बली प्लान्टले ३ सयदेखि ६ सयसम्म प्रत्यक्ष रोजगारी सिर्जना गर्ने बताए ।

स्थानीय प्रतिभा विकासलाई बढावा दिने र देशको आर्थिक वृद्धिमा योगदान पु¥याउने लक्ष्य रहेको उनको भनाइ छ । करिव ६० प्रतिशत जनसंख्या स्मार्टफोनमा पहुँच नभएकाले देशमा डिजिटल समावेशीकरण बढाउने प्लान्टको लक्ष्य रहेको उनले बताए । सिन्ह्वाको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.