सुन आयातमा कोटा प्रणाली खारेज हुनुपर्छ : अध्यक्ष शाक्य

  २०८१ जेठ १३ गते १४:२९     विकासन्युज

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी संघका अध्यक्ष मणीकरत्न शाक्यले सुनको कोटा खारेज गर्नु पर्ने बताएका छन् । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा अध्यक्ष शाक्यले सुन आयात कोटा खारेज हुनु पर्ने माग गरेका हुन् ।

बजारमा मन्दी र मूल्य बढी भएका कारण अधिकांशले सुन किन्न नसक्ने अवस्था भएकाले कोटा प्रणाली खारेज हुनुपर्ने उनी बताउँछन् ।

‘२० केजीको दैनिक कोटा आवश्यक छैन । किनभने ८० अर्बको आयात हुनपर्नेमा ३० अर्बको आयात मुश्किलले भएको छ । अहिले बजारमा मन्द छ । मूल्य पनि बढी भएका कारण सुन किन्न सक्ने अवस्था छैन । त्येसैले कोटा प्रणाली खारेज गर्नुपर्छ,’ उनले भने ।

कोटा प्रणालीका कारण यस वर्षको जेठसम्म ३० अर्बको मात्रै सुन आयात भएको उनले बताए । विदेशी मुद्रा सञ्चिती घट्दै गएपछि सरकारले सुन आयातमा कोटा प्रणाली लागु गरेको हो ।

हाल नेपाल राष्ट्र बैंकले प्रतिदिन २० किलोग्राम सुन दैनिक आयात गर्ने व्यवस्था गरेको छ । तर, पछिल्लो समय बजारमा मन्दी र सुनको मूल्य उच्च भएका कारण कोटा प्रणाली खारेज हुनु पर्नपर्ने माग सुनचाँदी व्यवसायीहले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.