पोखरामा सात सहकारी पीडितको प्रदर्शन

  २०८१ जेठ १३ गते १४:३८     विकासन्युज

पोखरा । पोखरामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै ७ वटा समस्याग्रस्त सहकारीका पीडित सडक प्रदर्शनमा उत्रिएका छन् ।

सहकारीमा ठगिएका सूर्यदर्शन, प्राइम, मित्रमिलन, शिवशिखर, विन्ध्यवासिनी, इमेज, बलिदानी सहकारीका बचतकर्ताले आफूहरूको रकम फिर्ता नपाएको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

पीडितहरूले गृहमन्त्रीको राजीनामा, बचत रकम अपचलनबारे संसदीय छानबिन समितिलगायत माग राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.