एनएमबि बैंकले पायो २० मिलियन अमेरिकी डलर ऋण

  २०८० कार्तिक १ गते १०:४७     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले २० मिलियन अमेरिकी डलर ऋण प्राप्त गरेको छ ।

एनएमबि बैंकले हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यमलाई टेवा पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदार डच इन्टरप्रेन्युरल डेभलपमेन्ट बैंक  (एफयमओ) बाट २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त गरेको छ ।

बैंक र एफयमओ बिचको यस साझेदारीमा एफयमओ बाट एनएमबि बैंकलाई १५ मिलियन अमेरिकी डलर ग्रीन इनिसिएटिभमा केन्द्रित रही वित्तीय कारोबार गर्नका लागि प्राप्त गरिएको र बाँकी रकम साना तथा मझौला उद्यम  विकाश र प्रबर्दनको लागि प्राप्त भएको जनाइएको छ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.