विश्व लगानीकर्ता सप्ताह : प्रभु क्यापिटलले गर्‍यो सेयर लगानी प्रशिक्षण कार्यक्रम

  २०८० असोज २२ गते १०:५०     विकासन्युज

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसरमा प्रभु क्यापिटलले २ दिने सेयर लगानी तथा जनचेतनामूलक तालिम कार्यक्रमको आयोजना गरेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्ड तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडसँगको सहकार्यमा शनिबार र आइतबार प्रशिक्षण कार्यक्रम गरेको हो ।

जनचेतनामूलक तालिम कार्यक्रम कास्कीको वीरेठाँटीका सर्वसाधारणका लागि प्रभु बैंकको पोखरा क्षेत्रका शाखा प्रमुखसहित कर्मचारी र पोखरा थकाली समाजका अग्रज तथा युवावर्गलाई लक्षित गरी गरिएको थियो । कार्यक्रममा करिब १२० सर्वसाधारण, प्रभु बैंकका करिब २५ कर्मचारी र थकाली समाजका ५० अग्रज तथा युवावर्गको सहभागिता थियो ।

कार्यक्रममा धितोपत्र बोर्डका निर्देशक शंकरप्रसाद रिमाल, सिडिएससीका सहायक प्रबन्धक तथा सूचना अधिकृत सुरेश न्यौपाने, प्रभु क्यापिटलका चिफ बिजनेस अफिसर तथा कम्पनी सचिव बासु थपलिया र प्रभु क्यापिटलको कोष व्यवस्थापनका स्किम म्यानेजर सौगात पन्तले लगानीसम्बन्धी जानकारी प्रदान गरे ।

इन्टरनेसनल अर्गनाइजेसन अफ सेक्युरिटिज कमिसनको आह्वानमा प्रत्येक वर्ष विश्व लगानीकर्ता सप्ताह विविध कार्यक्रम गरी मनाइँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.