मुक्तिनाथ विकास बैंकले गर्यो वृक्षरोपण

  २०८१ जेठ ९ गते १३:५७     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ईलाम र महोत्तरीमा वृक्षरोपण गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ईलाम जिल्ला स्थित इलाम नगरपालिकाको चियाबारी–०७ र पाटेनागी – ०१ मा करिब २५० वटा तथा महोत्तरी जिल्ला स्थित बर्दिबास नगरपालिकाको किसन नगर–०६ मा १०० वटा कागतीका विरुवाहरुको वृक्षारोपण गरी हरियाली अभियानद्वारा वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तन विरुद्ध लड्न योगदान पुर्याएको जनाएको छ ।

बैंकले उक्त कार्यक्रम हरियाली प्रवद्धनका लागि आयोजना गरेको थियो । सो कार्यक्रममा बैंकका कर्मचारीहरु, अभियानकर्ता तथा स्थानिय नगरबासीहरुको उपस्थिति रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.