फुल लोडमा ह्वाइट गुम्बा र सोह्रखुट्टे उकालो उक्लियो फोटोनको विद्युतीय ट्रक

  २०८० भदौ १९ गते ११:५०     विकासन्युज

काठमाडौं । नेपालको पहिलो फोटोनको टीएम वान विद्युतीय ट्रकको पूर्ण क्षमतामा सामान बोकेर ह्वाइट गुम्बा र सोह्रखुट्टे उकालो पार गरेको छ । कम्पनीका अनुसार ह्वाइट गुम्बा र सोह्रखुट्टे उकालोमा फुल लोड सामान बोकेर सफल परीक्षण गरिएको हो ।

फोटोनको विद्युतीय ट्रक निक्कै शक्तिशाली रहेको प्रमाणित भएको कम्पनीको दाबी छ । उक्त टीएम वान विद्यूतीय ट्रकले पूर्ण क्षमतामा लोड बोकेर ह्वाइट गुम्बा र सोह्र खुट्टेको उकालो सहज रुपमा पार गर्न सफल भएको कम्पनीले जनाएको छ ।

फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले गरिरहेको छ । फोटोन टीएम वान विद्युतीय ट्रकले १४ सय किलो लोड बोक्ने क्षमता राख्छ ।

एक पटकको फुल चार्जमा २८० किलोमिटर रेन्ज दिने टीएम वान सहरी क्षेत्र तथा मध्यम दुरीमा सामान ओसारपसारका लागि उपयुक्त ठहरिएको कम्पनीले जनाएको छ ।

टीएम वान विद्युतीय ट्रक आगामी भदौ २६ गते हुन गइरहेको नाडा अटो सो २०८० मा विशेष अफरका साथ प्रदर्शनमा राखिएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.