यस्ता छन् ‘सेरेस-३’ को विशेषताहरु

  २०८० भदौ १८ गते १०:०८     विकासन्युज

काठमाडौं । नेपालमा विद्युतीय सवारी ल्यान्डस्केपलाई अझ विस्तार गर्ने क्रममा, एमएडब्लु वृद्धि अटोकर्प गर्वका साथ प्रस्तुत गर्दछ विश्वव्यापी रूपमा प्रशंसित सेरेस ३ इलेक्ट्रिक एसयूभी ।

एमएडब्लु वृद्धि अटोकर्पको बारेमा:

१९६४ मा स्थापित, एमएडब्ल्यु ग्रुप नेपालको दोस्रो ठूलो आटोमोटिभ समूह हो, जसले स्कोडा, जीप, जेसीबी, यामाहा, चांगन र फोटोनका ब्राण्डहरूको प्रतिनिधित्व गर्दछ । आफ्नो उल्लेखनीय ५९ वर्षको यात्रामा, कम्पनीले १,००० भन्दा बढी कर्मचारीहरूको कार्यबलद्वारा नेपालभर ३५३ भन्दा बढी बिक्री र सर्विसहरूसँग आफ्नो स्थान विस्तार गर्दै आइरहेको छ। एमएडब्ल्यु ग्रुपको विशाल अनुभव र प्रतिबद्धताका कारण नेपाली उपभोक्ताहरूले विश्वस्तरीय सवारी साधन र सेवाहरु प्राप्त गर्दै आइरहेक छन् ।

सेरेस को बारेमा:
२०२३ को द्रुत गतिमा अघि बढ्दो अटोमोटिभ ब्रान्डको रूपमा विश्वव्यापी रूपमा मान्यता प्राप्त सेरेस विद्युतीय सवारीमा मात्र नभई विश्वको अग्रणी ‘टेक्नोलोजी जायन्ट’ हुवावेको इलेक्ट्रिक सवारीको लागि निर्माण साझेदारको रूपमा पनि सेवा प्रदान गर्दछ। सेरेसले २१ युरोपेली राष्ट्रहरूमा बलियो उपस्थितिको साथ आफुलाई चिन भन्दा बाहिर पनि राम्रो छाप छोड्न सफल भएको छ।

सेरेसले ७० भन्दा बढी मुलुकमा आफ्नो दमदार उपस्थिति देखाइसकेको छ भने ७१ औं रास्ट्रिय को रुपमा नेपालमा प्रवेश गर्ने भएको छ। इभीको उपलब्धतालाई सहज र दिगो बनाउने उद्देश्यका साथ अघि बढिरहेको सेरेसले विश्वलाई प्रदुषण मुक्त बनाउने दिर्घकालिन लक्ष्य लिएको छ। सेरेस नविनतम प्रव्रिधिको विकास गर्न चीनमा मात्र नभई अमेरिका र जापान लगायत मुलुकमा पनि आफ्नो अत्याधुनिक ‘रिसर्च एण्ड डेभलपमेन्ट विंग’ लाई संचालन गर्दै आएको छ। सेरेसको प्रभावशाली लाइन-अपमा सेरेस ५, सेरेस ई-१ , र अब सेरेस ३ पनि समावेश छ।

सेरेस ३ इलेक्ट्रिक एसयूभी को फिचर्सहरु:

सेरेस ३ विद्युतीय सवारी साधनमा मात्र सिमित नभई लक्जरी, पावर र अन-रोड र अफ-रोड दुवै सडकमा आफ्नो क्षमताको प्रतिनिधित्व गर्द छ।

पर्फमेन्स:

९९केडब्लु को मोटर पीक पावर र ५२.७ केडब्लुयच ब्याट्री संग, यसले ४०५ किमी (एनईडीसी) को उल्लेखनीय रेन्ज प्रदान गर्दछ।

डिजाइन र कम्फोर्ट:

आफ्नो सेग्मेन्टमा सबैभन्दा ठूलो एसयूभीको रूपमा परिचित, सेरेस ३ ले आरामदायिक डबल कुशन सीटहरूका साथसाथै पर्याप्त हेडरूम र लेगरूम प्रदान गर्द छ।

टेक फिचर्स:

चालक र यात्रु दुवैका लागि इलेक्ट्रिकल्ली एडजस्टेड सिटहरू, यचडि गुणस्तरको ३६०-डिग्री क्यामेरा, ड्यास क्याम, र एन्ड्रोइड अटो र एप्पल कार प्ले कनेक्टिभिटीका साथ रियल-टाइम अफलाइन जीपीएस ले यसलाई थप प्रविधियुक्त गाडी बनाउँछ।

सुरक्षा विशेषताहरू:

१८ इन्च टायर साइज र १९० एमएमको ग्राउन्ड क्लियेरंसले स्थिरताको सुनिश्चित गर्दछ। गाडीले भूगोल र अवस्था हेरेर ह्याण्डलिङको लागि ३ वटा स्टीरिंग मोड प्रदान गरेको छ। साथसाथै इमर्जेन्सी अवस्थाको लागि अतिरिक्त टायरको पनि व्यस्वस्था गरेको छ।

डिस्प्ले:

१०.२५ इन्चको जडान गरिएको इन्फोटेंमेन्ट स्क्रीन र ड्राइभर इन्फोटेंमेन्ट सिस्टमले गर्दा प्रयोगकर्ताहरुलाई आरामदायिक र अन्तरक्रियात्मक अनुभव प्रदान गर्दछ। नेपालमा सेरेस ३ को लन्च संगै नेपाली ग्राहकहरुले एउटा उत्कृस्ट इलेक्ट्रिक गाडीको अनुभव गर्न पाउनेछन् र सेरेस ३ ले युरोप र चीनमा पाएको सफलता नेपाली बजारमा पनि पाउनेमा एमएडब्लु ग्रुप बिस्वस्त छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.