स्कोडाको कुशाक ‘मोन्टे कार्लो’ नेपालमा, कति पर्छ मूल्य ?

  २०८० भदौ १५ गते १६:५३     विकासन्युज

काठमाडौं । युरोपेली लक्जरी कार ब्रान्ड स्कोडाका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु एक्सपान्जे प्रालिले स्कोडा कुशाकको ‘मोन्टे कार्लो’ एडिसन नेपालमा ल्याएको छ ।

चेक कार ब्रान्ड स्कोडाले ‘मोन्टे कार्लो एडिसन’लाई स्कोडाको शताब्दी लामो गौरवपूर्ण मोटरस्पोर्ट विरासत र विश्व प्रसिद्ध ‘मोन्टे कार्लो’ र्‍यालीमा भएको आफ्नो जितप्रति समर्पित गर्दै आएको छ ।

‘कुशाक मोन्टे कार्लो आकर्षक कार हो जुन अद्वितीय, सुक्ष्म र स्पोर्टी लुक्स रुचाउने सबैको छनोट बन्नेछ’ एमएडब्लु एक्सपान्जेका कार्यकारी निर्देशक रौनक अग्रवालले भने ।

कुशाक ‘मोन्टे कार्लो’मा ‘युरापियन स्टाइल र अपग्रेडेड फिचर’हरु रहेका छन् । यसको क्याबिनलाई ‘रेड फिनिस’ दिइएको छ । यो कार टोनार्डो रेड र क्यान्डी ह्वाइट गरी दुई रङमा उपलब्ध छन् । यसमा सबै क्रोमको सट्टा ‘ब्ल्याक फिनिस’ राखिएको छ ।

‘मोन्टे कार्लो’मा स्कोडाको प्रमाणित १.० लिटरको पेट्रोल टिएसआई इन्जिन दिइएको छ जुन ६–स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ । यसले अधिकतम ११४ एचपी पावर र १७८ एनएम टर्क उत्पन्न गर्ने बताइएको छ ।

नेपालमा कुशाक ‘मोन्टे कार्लो’ ‘म्यानुअल ट्रान्समिसन’को मूल्य ७१ लाख ९० हजार र अटोमेटिक ट्रान्समिसनको ७९ लाख ९० हजार राखिएको कम्पनीले बताएको छ ।

नयाँ कारमा स्कोडा अक्टाभिया आरएस २४५ को जस्तो डिजाइन, १७ इन्चको ‘एलोई ह्विल’ दिइएको छ भने फेन्डरमा स्कोडा नामको सट्टा ‘मोन्टे कार्लो’को ब्याज लगाइएको छ । साथै रुफलाई ‘म्याट ब्लायक रुफ रेल’सहित ‘कार्बन स्टिल’को फिनिस दिइएको छ ।

स्कोडा कुशाक मोन्टे कार्लोमा पहिलो पटक ‘रेड थिम’सहितको ८ इन्चको ‘डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर’ लगाएको छ । क्याबिनको ‘लेआउट’ मा परिवर्तन नगरे पनि ‘स्पोर्टी भाइब्स’ दिन ‘रुबी रेड मोटालिक फिनिस’ दिइएको छ ।

सिटको ‘अपहोल्स्ट्रिी’मा रातो र कालोको ‘मिक्स’ गरिएको छ भने ‘हेड रेस्ट’ मा ‘मोन्टे कार्लो’को ‘ब्याज’ दिइएको छ । यसमा ‘रेड एम्बायन्ट लाइटिङ’, ‘रेड थिम’को १० इन्चको ‘इन्फोटेन्मेन्ट डिस्प्ले’, ‘एलुमुनियम पेडल’, ‘डोर सिल’मा ‘मोन्टे कार्लो स्कफ प्लेट’ जस्ता परिवर्तित फिचर रहेका छन् । ‘मोन्टे कार्लो’ कुशाकको ‘टप ट्रिम’ भएकाले यसमा स्टाइलमा उपलब्ध सबै फिचरहरु उपलब्ध छन् ।

यसमा ‘रेड थिम’ भएको ८ इन्चको स्कोडा भर्चुअल ककपिटसहितको ड्राइभर इन्स्ट्रयुमेन्ट क्लस्टर र स्कोडा प्ले एपसहितको १० इन्चको ‘इन्फोटेन्मेन्ट सिस्टम’ रहेको छ । स्कोडा कुशाक ‘मोन्टे कार्लो’ काठमाडौं, थापाथली स्थित स्कोडाको मुख्य सोरुम र देशभरका स्कोडा डिलरसिपमा ‘टेस्ट ड्राइभ’ र ‘बुकिङ’का लागि उपलब्ध रहेको कम्पनीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.