भृकुटीमण्डपमा भोलीबाट इभीको अन्तर्राष्ट्रिय प्रदर्शनी, विद्युतीय सामाग्री पनि रहने

  २०८० भदौ १४ गते १४:२०     विकासन्युज

काठमाडौं । भृकुटीमण्डपमा नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अप्लायन्स तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी भोलि (भदौ १५ गते) बाट हुने भएको छ ।

नेपालमा विद्युतीय माध्यमको उपभोग बढाउन प्रोत्साहन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले बताएका छन् ।

मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, एक्जीबीसन एण्ड ट्रेड सर्विसेस इन्डिया तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याकचर एण्ड इम्पोर्टरस एसोसिएसन अफ नेपालको संयुक्त आयोजना गरेको प्रदर्शनी आयोजना हुन लागेको हो । उक्त प्रदर्शनी भदौ १७ गतेसम्म चल्ने बताइएको छ ।

प्रदर्शनीमा स्वदेश तथा विदेशका गरी १०० भन्दा बढी कम्पनीको प्रदर्शनी रहने बताइएको छ ।

विद्युतीय सवारीलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने, विद्युत् तथा गुणस्तरीय विद्युतीय सामग्रीको व्यवसाय विकास एवं यस क्षेत्रसँग आबद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवद्र्धनका लागि प्रदर्शनी सहयोगी हुने आयोजकको अपेक्षा छ ।

उक्त प्रदर्शनीमा विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, विद्युतीय साइकल तथा रिक्सा, चार्जिङ स्टेशन, ब्याट्री, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ लगायतका सामग्री रहनेछन् ।

यस्तै, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्वीच, एलिडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण लगायत विद्युतीय सामग्रीका कम्पनीको सहभागिता रहनेछ ।

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमीलाई एकै स्थानमा जमघट गराई व्यावसायिक प्रवर्द्धन गरिने आयोजकको भनाई छ ।

यस्ता छन् एक्स्पोमा राखिने प्रडक्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.