टारो ब्रान्डका मोटरसाइकल तथा स्कुटरमा आयो फेस्टिभल अफर

  २०८० भदौ १० गते १५:११     विकासन्युज

काठमाडौं ।  इटालियन डिजाइन र कन्सेप्टमा निर्मित टारो ब्रान्डका मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक ओम मोटोकर्पले आइतबारबाट लागू हुने गरी प्रि–दशैं तिहार तथा छठ अफर सार्वजनिक गरेको छ ।

टारो ब्रान्डका हाल नेपाली बजारमा तीन भेरिएन्टका मोटरसाइकल र दुई भेरिएन्टका स्कुटर रहेका छन् । आकर्षक लुक्स र फिचरमा उपलब्ध यी ब्रान्डका बाइक तथा स्कुटर प्रतिस्पर्धी मूल्यमै उपलब्ध रहेका कम्पनीको भनाइ छ ।

गत साल कोभिडको दौरान नेपाल भित्रिएको सो ब्रान्डले कोभिड र त्यसपछिको आर्थिक मन्दीको सामना गर्दै यो सेगमेन्ट अन्तर्गतका आफ्ना ग्राहकहरुलाई निरन्तर सेवा दिँदै आएको छ । यसै सोच अनुरुप कम्पनीले यस पालिको महान चाडको अवसरमा आफ्ना वाइक तथा स्कुटरमा ‘रेभ अप याेर सेभिगं विथ टाराे’ नामक अफर सञ्चालनमा ल्याएको बताएको छ ।

यस अन्तर्गत ग्राहकहरुले २० हजार देखि ६० हजार सम्म मोडल हेरी सिधै छुट पाउन सक्नेछन् । साथै फाइनान्स तथा एक्सचेन्ज गरी नयाँ वाइक तथा स्कुटर खरिद गर्न चाहने उपत्यका भित्रका ग्राहकहरुको निमित्त ५ प्रतिशत ब्याजदरमै १८ महिने किस्ताको सुविधाको साथ आफूलाई मन परेको टारो ब्रान्डको बाइक तथा स्कुटर खरिद गर्न सक्नेछन् ।

सो फाइनान्सिङ अफरलाई सरल तथा सहज बनाउन कम्पनीले उपत्यका भित्रका लागि ‘तपाईंको बजार’ सँग सम्झौता गरेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.